भ्रष्टाचार अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह - Chaitanya News
  • 2026-05-31
  • 16:41:26
  • आइतबार,जेठ १७, २०८३
  • भ्रष्टाचार अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

    भ्रष्टाचार अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रूपमा काम गर्ने बताएका छन्। बेथिति हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार लागिपरेको उनले बताए।

    आज (आइतबार) प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन्। उनले सुशासनका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए। भ्रष्टाचारको जालो सदियौँदेखिको जेलिएर बसेकाले त्यसको अन्त्य गर्न समय लाग्ने भए पनि त्यसको न्यूनीकरणमा सरकारले काम गरिरहेको बताए।

    बैठकमा दलीय रूपमा सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। प्रधानमन्त्री शाह आज बैठकमा आकस्मिक रूपमा आए र सांसदहरूको सवालको जवाफ दिएको सभामुख डोलप्रसाद अर्यालले बैठकमा जानकारी दिएका थिए।