आजको मौसम: देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-06-01
  • 09:27:46
  • सोमबार,जेठ १८, २०८३
  • आजको मौसम: देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    आजको मौसम: देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ– आज देशका विभिन्न भू–भागको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ।

    यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

    आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।