चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 500 of 1153
  • 2026-11-22
  • 21:19:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पाँच महिनाको अवधिमा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट रु.सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१–८२ को सोही अवधिको तुलनामा रु.२३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु. नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए। कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु। तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको छ। उक्त अवधिमा रु। तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो। त्यसैगरी, रु। दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ। त्यसैगरी, उक्त पाँच महिनामा रु.एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु। ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु. छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ।

News by पाँच महिनाको अवधिमा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात :