प्रदीप पौडेलले भने: संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ - Chaitanya News
  • 2026-05-07
  • 17:33:25
  • बिहिबार,बैशाख २४, २०८३
  • प्रदीप पौडेलले भने: संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ

    प्रदीप पौडेलले भने: संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने बताएका छन्।

    आज (सोमबार) काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले सो धारणा राखेका हुन्।

    उनले भने, ‘हामी संसद पुनर्स्थापनाको बाटो लाग्यौं, अधिवेशन ढिलो गरे पनि हुने भो भनेर हामीले ब्याक गिएर लगाउने काम गर्‍यौं भने त्यो कांग्रेसका लागि असाध्यै धेरै प्रत्युत्पादक हुन्छ।’

    अधिवेशनको कार्यतालिका व्यवहारिक नभएको स्वीकार्दै उनले तर महाधिवेशन भने हुने बताए।

    नेपाली कांग्रेसलाई अधिवेशन लागिसकेको र नेताहरु जिल्लाजिल्लामा गइसकेको बताउँँदै उनले भने, ‘जजसको जेजे इन्ट्रेस्ट भए पनि कांग्रेसलाई अधिवेशन लागिसकेको स्थिति छ। यो स्थितिलाई हामीले अगाडि बढाकोबढाई गर्‍यौं भने यो सेड्युल अलि–अलि तलमाथि होला। तर अधिवेशन हुन्छ।’

    एउटा सेड्युल हामीले ल्याइसकेका छौं। त्यो सेड्युलमा व्यवहारिकता छैन त्यो म आफैं पनि स्वीकार्छु,’ उनले भने, ‘अनि हामीले नवीकरणको समय जहिलेसम्म निर्धारण गरेका थियौं, त्यो पहिलो समय, दोस्रो समय र तेस्रो समय पनि हामीले थप्दै आउनुपर्‍यो। सुरुवाती चरणमै हामीले त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न सकेनौं। अब नयाँ सदस्यता वितरणको जुन अवधि तोकेका छौं, त्यो पनि थप्नुपर्ने स्थिति बनेको छ। तर नयाँ सदस्यता वितरणको प्रक्रिया पनि एकदमै स्वभाविक ढंगले अगाडि बढेको छ । नेपाली कांग्रेसलाई अधिवेशन लागेको छ। काठमाडौंमा हुने जिल्लाका नेताहरु अहिले काठमाडौंमा सायदै कोही हुनुहोला। सबै जिल्ला गइसकेको स्थिति छ।’

    अहिलेको अधिवेशनको कार्यतालिका केही तलमाथि भए पनि महाधिवेशन निर्धारित समयमै हुनुपर्ने पौडेलले बताए।