सरकारी टोलीले गर्‍यो नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन - Chaitanya News
  • 2026-11-21
  • 18:41:22
  • शनिबार,मंसिर ०६, २०८३
  • सरकारी टोलीले गर्‍यो नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन

    सरकारी टोलीले गर्‍यो नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन

    काठमाडौँ– सरकारी टोलीले जेन जेड आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय अनुगमन गरेको छ।

    सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेर अनुगमन गरेको हो।

    टोलीले अनुगमनका साथै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका छन्।

    कानुन मन्त्री अनिलकुमार सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो।

    यसअघि आजै टोलीले नेपाली काँग्रेस र नेकपा एमालेको कार्यालय पनि अनुगमन गरेको थियो।

    जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते काँग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरवार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो।