काठमाडौँ– हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएको छ।
महाशाखाका अनुसार, हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी प्रदेशका तराई भू–भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू–भागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ विभागले जनाउको छ। आज दिउसो पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने छ। तराई भू–भागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ।
पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने छ। देशका तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।