चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 490 of 1153
  • 2026-11-22
  • 20:32:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

‘प्रजातन्त्रको रक्षा गर्न एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको रक्षाका काँग्रेस र एमाले मिलेर जानुको विकल्प नरहेको बताएका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीमा ओलीले नयाँ दलहरूलाई राजनीतिक संस्कार सिक्न र विचार तथा योजनामा अघि बढ्न सुझाए। ‘सधैँ अरूलाई होच्याएर, गाली गरेर, सरापेर देश बन्दैन, हिजोको अवस्थाबाट अहिले त्यसै आएको होइन, अरूलाई सरापेर होइन, आफ्ना एजेण्डा ल्याएर निर्वाचनमा जान सकिन्छ। प्रजातन्त्रको रक्षा गर्न एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन, प्रजातन्त्र सुचारु भएपछि आफ्नो ढंगले जाने त हो, शान्तिको स्थापना गर्ने हो, त्यसका लागि पनि एमाले काँग्रेसको सहकार्य हुनुपर्छ।’ अरूको सम्पत्ति जलाएर देश नबन्ने भन्दै उनले देश बनाउन त्याग, योजना, संकल्प र संगठन चाहिने बताए। एमाले(काँग्रेसबाहेक अरु पार्टीले सरकार बनाउन नसक्ने दाबी गर्दै उनले सपना देखेर चुनावअघि नै पद बाँडेर गम्भीर षड्यन्त्र भइरहेको बताएका छन्।

News by ‘प्रजातन्त्रको रक्षा गर्न एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन’ :