‘म कुनै पनि राजनीतिक दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल - Chaitanya News
  • 2026-05-06
  • 21:00:27
  • बुधबार,बैशाख २३, २०८३
  • ‘म कुनै पनि राजनीतिक दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल

    ‘म कुनै पनि राजनीतिक दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नरहेको बताएक्ँ छन्। मंगलबार आज (मंगलबार) बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफू दलमा नरहेको बताएका हुन्।

    जेन जेड आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारका गृहमन्त्री अर्याल सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका हुन्।

    विराटनगर विमानस्थलमा पत्रकारहरूसँगै बोल्दै मन्त्री अर्यालले आफू कुनै पनि दलमा संलग्न नरहेको दाबी गरेका छन्। उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म दलमा सहभागी छैन, यतिसम्म भन्न सक्छु।’

    अन्तरिम सरकारमा रहेका मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेका थिए। सोमबार उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपासँग पार्टी एकता गर्ने सहमति गरेको छ। सहमतिपछि घिसिङ रास्वपाको उपसभापति बन्नेछन्।

    अर्याल विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भई सुरक्षा अवस्थाको वस्तुगत स्थितिको जानकारी लिनेछन्।