चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 400 of 1153
  • 2026-11-22
  • 13:48:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आजको मौसम: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूवानुमान महाशाखाका अनुसार, हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ। यस्तै आज दिउसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने।

News by आजको मौसम: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना :