काठमाडौँ– जल तथा मौसम पूवानुमान महाशाखाका अनुसार, हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ।
यस्तै आज दिउसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने।