काठमाडौँ– आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल सरकार, गृह मन्त्रालयले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज (बिहिबार) मन्त्रालयले एक सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल सरकार, गृह मन्त्रालयले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । मन्त्रालयले सार्वजनिक गर।ेको सूचना अनुसार, सार्वजनिक बिदा २०८२–११–२० देखि २०८२–११–२२ सम्म लागू हुनेछ। उक्त निर्णय मन्त्रिपरिषद्को मिति २०८२–११–१४ को निर्णय अनुसार सूचना जारी गरिएको हो।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले यसबारे जानकारी गराउँदै सम्बन्धित सबै कर्मचारी, नागरिक र सरोकारवालालाई बिदाको अवसरमा आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
![]()