चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1061 of 1102
  • 2026-10-05
  • 18:58:56
  • सोमबार,आश्विन १९, २०८३

About Author

संवैधानिक आयोगमा कार्यकर्ता भर्ती नगरेको अध्यक्ष ओलीको दाबी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन्। आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्रको ‘नीति, थिति र राजनीति’ शीर्षकमा बोल्दै अध्यक्ष ओलीले आफूले संवैधानिक आयोगमा नियुक्त भएका ५२ जना सबैलाई आफूले नचिनेको समेत दाबी गरे। ‘मैले संवैधानिक आयोगहरूमा राजनीतिक पार्टीका क्याडरलाई भर्ती गरेको होइन, म त त्यहाँ नियुक्त भएका मान्छे चिनेको पनि होइनन्। अरु सरकारले जे सुकै गरे पनि ठिक हुने मेरो नेतृत्वको सरकारले जे गरे पनि गलत हुने कसरी हुन्छ? उनले भने, ‘मेरो सरकारले ५२ जना गरेछ त्यो रिक्त भएर त गरेको होला, कसैलाई जबरजस्ती हटाएर गरेको पनि होइन। त्यो सम्मानित सर्वोच्च अदालतले पनि बुझ्नुपर्ने कुरा हो।’ उनले आवश्यकताको सिद्धान्तमा आधारित भएर त्यो बेला सरकारले संवैधानिक आयोगहरूमा रिक्त पदहरूमा नियुक्ति गरेको दाबी गरे। उनले आफूले ल्याएको अध्यादेशमा समेत त्यस्तै व्यवहार भएको बताए। ‘केपी ओलीको नेतृत्वको सरकारले ल्याएको अध्यादेश गलत हुने, फेरि अर्को सरकारले ल्याएको अध्यादेश गलत नहुने रु यस्तो कसरी हुन्छ? त्यो अध्यादेश संविधानसम्मत हो कि होइ? रु त्यो अध्यादेश ल्याउँदाको परिस्थिति खडा गरिएको परिस्थिति हो कि समाधान गर्न ल्याइएको हो भनेर हेरिन्छ कि हेरिँदैन? उनले भने।

News by संवैधानिक आयोगमा कार्यकर्ता भर्ती नगरेको अध्यक्ष ओलीको दाबी :