चार दिनदेखि बेपत्ता धनगढीकी आस्था मृत फेला - Chaitanya News
  • 2026-06-03
  • 09:41:54
  • बुधबार,जेठ २०, २०८३
  • चार दिनदेखि बेपत्ता धनगढीकी आस्था मृत फेला

    चार दिनदेखि बेपत्ता धनगढीकी आस्था मृत फेला

    धनगढी– चार दिनदेखि बेपत्ता भएकी धनगढीकी १६ वर्षीया किशोरीको शव फेला परेको छ। २० भदौमा विद्यालय जान्छु भनि हिँडेकी धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्।

    उनी बेपत्ता भएलगत्तै खोजीको लागि प्रहरी टोली खटिएको थियो। खोज्ने क्रममा आस्थाको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

    शर्माले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ। आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन्। उनी बोराडाँडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन्।