‘छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु’ : सन्दीप लामिछाने - Chaitanya News
  • 2026-06-03
  • 10:52:49
  • बुधबार,जेठ २०, २०८३
  • ‘छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु’ : सन्दीप लामिछाने

    ‘छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु’ : सन्दीप लामिछाने

    काठमाडौं– नाबालिका बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन्। हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन्।

    ‘म स्तब्ध छु , नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु। म यो आधारहीन आरोपको सामना गर्न तयार छु। आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ ।’ सन्दीपले लेखेका छन्।

    गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ।

    लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत गरेका छन्। आफू निर्दोष रहेको उल्लेख गर्दै नेपाली कानुनअनुसार न्यायका लागि लड्ने र त्यसमा आफूलाई सबै पक्षबाट सहयोग हुने अपेक्षासमेत गरेका छन्।