प्रधानन्यायाधीश एउटा लिडर जज मात्रै हो : चोलेन्द्र शमशेर राणा - Chaitanya News
  • 2026-04-19
  • 04:21:12
  • शनिबार,बैशाख ०५, २०८३
  • प्रधानन्यायाधीश एउटा लिडर जज मात्रै हो : चोलेन्द्र शमशेर राणा

    प्रधानन्यायाधीश एउटा लिडर जज मात्रै हो : चोलेन्द्र शमशेर राणा

    काठमाडौं– निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानन्यायाधीशले जहिले पनि संविधानले दिएको दायित्व र कर्तव्यका साथै र कानुनले दिएको अधिकारका आधारमा इजलास तोक्ने गरेको बताएका छन्।

    महाअभियोग सिफारिस समितिमा बयान दिदैं प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा रहेका सबै न्यायाधीश समान रहेको बताउँदै प्रधानन्यायाधीश एउटा लिडर जज मात्र भएको बताए।

    आइतबार चौथो पटकको बयानमा क्रममा प्रधानन्यायाधीश जबराले प्रधानन्यायाधीशको चरित्र कुनैपनि न्यायाधीशको ब्रेनमा बस्ने नभएको बताए। संविधानबाट योग्यता पुगेका न्यायाधीश स्वतन्त्र रहने बताउँदै इजलासबाट गरिएको निर्णयलाई प्रधानन्यायाधीशको दबाब र प्रभावमा परेर यस किसिमको अभियोग लगाउनु भनेको अहिलेका मौजुदा न्यायाधीशहरुलाई समेत गम्भीर आरोप भएको बताए।

    उनले महाअभियोग छानबिन समितिलाई समेत त्यस्तो लागेको भए उनीहरुलाई उपस्थित गराएर बुझ्न चुनौती दिए। ‘यो अधिकार समितिलाई छ, त्यसैले उहाँहरुलाई बोलाएर बुझे भइहाल्यो’ उनले भने।

    उनले ‘न्यायाधीशहरुले स्वतन्त्रमा रुपमा गर्नुभयो कि प्रधानन्यायाधीशको निर्देशनमा गर्नुभयो? प्रधानन्यायाधीशको निर्देशनमा पनि कुनै मुद्दाको फैसला हुन्छ भन्ने अनुमान गर्न मिल्छ त?’ भन्दै प्रश्न गरे। उनले उक्त आरोप निरर्थक भएको दाबी गरे। उनले आफू विधि र पद्धतिबाट प्रधानन्यायाधीशमा नियुक्त भएको बताउँदै आफूमाथि लागेको आरोप निराधार र निर्थक भएको बताए। उनले आफूमाथि लगाएको आरोपले न्यायापालिकालाई कमजोर बनाउने काम भएको बताए।

    सर्वोच्च अदालतका सबै न्यायाधीशहरु प्रधानन्यायाधीशका बिचौलिया हुन्। प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भन्ने आरोपको पनि खण्डन गरे ।

    उनले भने, ‘न्यायाधीशहरु प्रधानन्यायाधीशका बिचौलिया हुन्। प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भन्ने जस्ता जति पनि आरोपहरु आएका छन् ती सबै आरोप संविधानले कल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायपालिकामा टिकी खान नदिने र बसिखान नदिने र न्यायापालिकालाई ध्वंस र भंग गर्ने खालका आरोप हुन्।’