चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1041 of 1104
  • 2026-10-07
  • 06:03:03
  • बुधबार,आश्विन २१, २०८३

About Author

दसैंका यात्रुसँग दोब्बर भाडा असुल्नेलाई बसलाई धमाधम कारबाही

अर्घाखाँची — सन्धिखर्क–गोरुसिंगे रुटमा सवारीसाधनले दसैंका यात्रुसँग दोब्बर भाडा उठाएर थालेपछि ट्राफिक प्रहरीले ६ वटा बसलाई जरिवाना गरेको छ। तोकिएको भन्दा दोब्बर भाडा तिर्ने यात्रुको रकम बसबाट फिर्ता गराइएको छ। काठमाडौं, बुटवललगायत सहरबाट सार्वजनिक सवारीमा यात्रा गरेर आउने यात्रुसित गाडीवालाले मनपरी भाडा असुलेको व्यापक गुनासो आएपछि प्रहरीले सन्धिखर्कदेखि पत्थरकोटसम्म विभिन्न ठाउँमा जाँचलाई तीव्रता दिएको छ। ठाडा क्षेत्रमा दोब्बर भाडा असुल्ने ६ वटा गाडीलाई नियन्त्रणमा लिएर ३५ जना यात्रुको बढी भाडा फिर्ता गरिएको अस्थायी ट्राफिक पोस्ट ठाडाका प्रहरी झविन्द्र कुँवरले जानकारी बताए। बस, जिप, हाइस, ट्याक्सीलाई रोकेरै सबै यात्रुलाई भाडा कति तिरेको हो भनेर सोध्ने गरिएको उनले बताए। बढी भाडा लिएको पाइएमा फिर्ता गराएर गाडीवालालाई जरिवाना गरिने उनले बताए। गोरुसिंगेबाट सन्धिखर्क जाने गाडीले रजिया, चाक्ला भेडामारा, ठाडा, सितापुर, सुपादेउराली नरपानी आउजाउ गर्दा समेत तोकिएको भन्दा दोब्बर, तेब्बर छन्,’ शितगंगा नगरपालिका(३, ठाडाका सुधन पौडेलले भने, ‘२ सय २० रुपैयाँ भाडा लिनुपर्नेमा ५ सय रुपैयाँ उठाइएको छ।’ चाडबाडका बेला सर्वसाधारण यसैगरी मर्कामा पर्ने गरेको उनले गुनासो गरे। गोरुसिंगेबाट चक्ला आएका देवेन्द्र भुसालले गाडीमा बसेपछि पूरै भाडा लाग्छ भन्दै माइक्रोले दोब्बर भाडा ५ सय रुपैयाँ लिएको बताए। तोकिएको भाडादरमा जान नसकिने भन्दै बस, हाइस तथा जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ। यात्रा गर्नुअघि नै जिप चालकले दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको छ।

News by दसैंका यात्रुसँग दोब्बर भाडा असुल्नेलाई बसलाई धमाधम कारबाही :