काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने कार्यक्रममा लामा एमाले प्रवेश गर्न लागेका हुन्।
२०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामाले चुनाव जितेका थिए। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। लामाले एमालेमा आफ्नो प्रवेश राजनीतिको सेफ ल्यान्डिङ भएको बताए।
ुम यसपटक उठ्न खोजेको थिइनँ तर मसँग सल्लाह छैन, सहकार्य छैन। उनीहरुको च्यानल हुँदा रहेछ त्यो च्यानल कहिले पनि नफुक्ने, थाहा पनि नदिने काम भयोु लामाले भने, उम्मेदवारका लागि म जान खोजेको होइन। टिकटका लागि जान खोजेको होइन। मेरो लागि यो सेफ ल्यान्डिङ हो। विचारको कदर नहुने ठाउँमा के बस्नु।
२०७४ को सालमा माओवादी केन्द्रले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेका लामाले सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए। २ वटा आमनिर्वाचनमा उनले कम मतान्तरले जितेको रेकर्ड छ। २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए। नेकपाको विवादमा समेत उनी अध्यक्ष ओली समूहमा लागेका थिए। ओलीले महाधिवेशनमा आयोजक समितिका सदस्य बनेका लामापछि दाहाल र नेपाल समूहतर्फ लागेका थिए।
उनले माओवादीसँग विचार नमिलेको बताए। म युद्धमा गएको थिइनँ। यसकारण माओवादीमा स्पेस छैन। माओवादीमा बुद्धिको कदर पनि भएन। म कमल चिह्न लिएर उठेको मान्छे, लामाले भने।
गत चुनावमा माओवादी केन्द्रले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। म स्वतन्त्र हुँदा पनि जित्ने, लामाले भने, मेरो माथि सानो सानो मानिसलाई राख्ने काम भयो। अनि तिकडम मच्याउने र गुटबन्दी गर्ने, सालो र भिनाजुको सम्बन्ध नै टुटाइदियो। मेरो सालोहरु मेरोविरुद्ध लगाए।