चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 870 of 1152
  • 2026-11-21
  • 22:24:35
  • शनिबार,मंसिर ०६, २०८३

About Author

उपनिर्वाचन : रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ -  आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार ५० हजार मत कटाइसकेका छन् । लामिछानेले ५० हजार २९ मत पाएका हुन् । अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।

News by उपनिर्वाचन : रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक :