बारा–२ मा उपेन्द्रको अग्रता कायमै, शिवचन्द्र ३ हजार मतले पछाडि - Chaitanya News
  • 2026-06-21
  • 23:58:18
  • आइतबार,आषाढ ०७, २०८३
  • बारा–२ मा उपेन्द्रको अग्रता कायमै, शिवचन्द्र ३ हजार मतले पछाडि

    बारा–२ मा उपेन्द्रको अग्रता कायमै, शिवचन्द्र ३ हजार मतले पछाडि

    बारा- बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै छ । जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन् ।

    निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन् । उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ ।

    त्यस्तै, यहाँ नेकपा एमालेका उम्मेदवार तेस्रो र रास्वपाका उम्मेदवार चौथो स्थानमा छन् । एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय र रास्वपाका रमेश खरेलले १,१७४ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।