उपनिर्वाचन : रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक - Chaitanya News
  • 2026-07-04
  • 16:11:06
  • शनिबार,आषाढ २०, २०८३
  • उपनिर्वाचन : रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक

    उपनिर्वाचन : रवि लामिछानेले गरे आफ्नै रेकर्ड ब्रेक

    काठमाडौँ –  आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् ।

    जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार ५० हजार मत कटाइसकेका छन् ।

    लामिछानेले ५० हजार २९ मत पाएका हुन् । अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।