चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 805 of 1152
  • 2026-11-22
  • 03:28:20
  • शनिबार,मंसिर ०६, २०८३

About Author

राष्ट्रपतिले मन्त्रीस्तरको सुविधा दिएर कांग्रेसका १० नेतालाई घाम तपाउनु भयो : ओली

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले १० जना कांग्रेसका नेतालाई शीतल निवासमा घाम तपाएर राखेको आरोप लगाएका छन्। अर्थ मन्त्रालयले करको दर, संशोधनलगायतलाई इन्ट्री गर्नका लागि बाहिरबाट अर्का व्यक्ति हायर गरेको प्रसँगमा अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ‘यत्रो वर्षमा हवाईजहाज बनाउने पनि मान्छे बनाए, उडाउने पनि बनाए। कम्प्युटर बनाउने पनि आए चलाउने पनि आए। आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसके मान्छे, ती पनि भेटिए। यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन,’ ओलीले भने। राष्ट्रपतिले १० जना कांग्रेसका नेताहरू मन्त्रीस्तरको सुविधा दिएर फनफनी घुमाएर त्यहाँ राखेको उनको आरोप थियो। 'बेकारमा घाम तपाएर, घाम भयो भने शीतल तपाएर। अर्थ मन्त्रालयमा भने टाइप गर्ने मान्छे छैन। अर्थमन्त्री बाध्यता छ भन्नुहुन्छ,’ उनले भने। लोक सेवा आयोगबाट सहयोग लिन राष्ट्रपतिलाई ओलीको सुझाव छ।

News by राष्ट्रपतिले मन्त्रीस्तरको सुविधा दिएर कांग्रेसका १० नेतालाई घाम तपाउनु भयो : ओली :