धनगढी- धनगढी लेडी जेसीजद्वारा विश्व वातावरण दिवसको अवसरमा धनगढीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
‘आफ्नो टोल आफैं सफा गरौं, हरेक सकारात्मक कार्यको सुरुवात आफैंबाट सुरु गरौं’ भन्ने मूल उद्देश्यले विश्व वातावरण दिवसको अवसरमा धनगढी उपमहानगरपालिका-४ को घरेलु टोलमा सरसफाइ अभियान गरेको संस्थाकी अध्यक्ष जेसी सरिता साउँदले बताइन्।
प्रत्येक महिना एउटा कार्यक्रम अभियान लिएको धनगढी लेडी जेसीजले कुनै-कुनै महिना २/३ कार्यक्रमसमेत गर्न सफल भएको अध्यक्ष साउँदले बताइन्। धनगढी लेडी जेसीज बर्ष २०२३ की अध्यक्ष जेसी सरिता साउँदको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि खानेपानी संस्थान धनगढीका लेखा प्रमुख पंकज दास रहेका थिए।
कार्यक्रमको संयोजक जेसी उपाध्यक्ष शोभा भट्ट रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी सरस्वती खडका भट्ट, कानुनी सल्लाहकार जेसी सुशिला निरौला, धनगढी लेडी जेसीज वर्ष २०२३ की कार्यकारिणी उपाध्यक्ष जेसी निता चौधरी, उपाध्यक्ष जेसी शोभा भट्ट उपाध्यक्ष जेसी सुशिला चौधरी, महासचिव जेसी निर्मला भट्ट, सहसचिव जेसी रेवती देउवालगायत सदस्यको उपस्थिति रहेको थियो।