छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको अनुमति खारेज गर्ने बालेन शाहको चेतावनी - Chaitanya News
  • 2026-05-02
  • 15:22:21
  • शनिबार,बैशाख १९, २०८३
  • छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको अनुमति खारेज गर्ने बालेन शाहको चेतावनी

    छात्रवृत्ति वितरण नगर्ने ३४२ विद्यालयको अनुमति खारेज गर्ने बालेन शाहको चेतावनी

    काठमाडौं  –  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयलाई अनुमति खारेज गर्ने चेतावनी दिएका छन् ।

    महानगरले छात्रवृति वितरण नगर्ने २४२ विद्यालयको सूची सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो । महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो ।

    उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको भने मंगलबार सूची सार्वजनिक गरिएको हो ।

    ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिइएको छ । त्यसो नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने चेतावनी दिइएको छ ।
    हेर्नुस् सूचना

    list