ओइ! तिमीलाई दशैँ आयो? अँहँ! आएन मलाई दशैँ आउँदैन किनकि ,म गरिब हुँ। तिमीले लुगा किन्यौँ? अँहँ ! छैन मसँग लुगा किन्ने पैसै छैन किनकि, म गरिब हुँ। तिमीले दाल किन्यौँ? तेल चामल नि! छैन,केही किनेकै छैन किनकि, म गरिब हुँ। मरमसला, नुन किन्यौँ त! छैन, कसरी किन्ने? मसँग पैसै छैन, केले किन्ने? किनकि, म गरिब हुँ। तिमीले जमरा राख्यौँ? छैन ! मसँग जमरा राख्ने मकै छैन धान छैन, गहुँ छैन, जौँ छैन राखिनँ मैले जमरा कसरी राख्नु? मसँग अन्नै छैन किनकि, म गरिब हुँ। मेरो घरमा टपरा छैन बोहोता र दुना छैन कसरी जमरा राखुँ! मसँग एकमुठ्ठी माटो पनि छैन हो, मलाई दशैँ आउँदैन किनकि, म गरिब हुँ। सारा अभाव छ टीका मुछ्ने अक्षता छैन रङ छैन, दही छैन त्यसैले, मलाई मेरो दशैँ आउँदैन किनकि, म गरिब हुँ। न मेरा आफन्त छन् न मेरा छरछिमेकी नै छन् पैसा नहुनेसँग कोही हुन्नन् न मेरा साथी छन् न मेरा सङ्गी नै छन्। त्यसैले,मेरो दशैँ आउदैन किनकि, म गरिब हुँ। मेरा लागि दशैँ हराएको छ उहिल्यै हराएको मेरो दशैँ मलाई सम्झेर कहिल्यै आउँदैन आएपनि दशैँ, दसा बनेर आउँछ खोइ! पैसै पाइन्न पाएपनि ऋण लाग्छ किनकि, म गरिब हुँ।


