कमल बिरही थापाको नयाँ गीत 'चिना हरायाको मान्छे' यूट्युबमा - Chaitanya News
  • 2026-05-25
  • 06:37:06
  • सोमबार,जेठ ११, २०८३
  • कमल बिरही थापाको नयाँ गीत ‘चिना हरायाको मान्छे’ यूट्युबमा

    कमल बिरही थापाको नयाँ गीत ‘चिना हरायाको मान्छे’ यूट्युबमा

    काठमाडौं- दक्षिण कोरियालाई विगत सात वर्षदेखि कर्मथलो बनाउँदै आएका सर्जक तथा गायक कमल बिरही थापाले कठै सुदूरपश्चिम मेरो जन्मथलो रोयाको छ (ईजु) गीतको अपार सफलता पछि ‘इजु भाग २’ को रूपमा ‘चिना हरायाको मान्छे’ एकल स्वरमा रहेको डोट्याली भाषाको गीत आफ्नै यूट्युब च्यानल कमल बिरही थापामार्फत बजारमा ल्याएका छन्।

    परदेशिको पीडालाई अत्यन्तै मार्मिक र सुन्दर ढङ्गले प्रस्तुत गरिएको उक्त गीत दक्षिण कोरियामा सुटिङ भएको पहिलो डोट्याली भाषाको गीत हो। भिडियोको थुप्रै भागमा नेपाली भुभाग, नेपाली परिवेश देखाउनुपर्ने तर परदेशमा ती सम्पुर्ण कुरा त्यति सजिलो नभएपनी भिडियोमा सकेसम्म नेपालीपन देखाउने प्रयास गरिएको छ।

    विशेष गरि नवप्रतिभा चन्द्र श्रेष्ठ र अप्सरा मैनालीको मुख्य अभिनय रहेको यो गीतमा प्रेम तामाङ, सुमन तामाङ, बिष्णुप्रसाद गौतम, गणेश बोहरा, राजेश कुमार, सुनिता माझी कोरियन नागरिक यून जोसेफ र दावा आर लामाले सहायक भुमिका निभाएका छन् भने बालकलाकारको रुपमा ३ वर्षे बालिका छुपु डोल्मो तामाङ रहेका छन्। कमल बिरही थापा एक उत्कृष्ट गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार पनि हुन्।

    उनी सबै प्रकारका गीत गाउन सक्ने एक भर्सटाइल कलाकार हुन्। कोरियामा रहेर कोरियन गीत प्रतियोगितामा समेत विभिन्न देशका कलाकारलाई उछिनेर दुई पटक प्रथम र एक पटक द्वितीय स्थान हासिल गरिसकेका छन्।

    यस गीतमा निर्देशक, सम्पादक र छायांकार पनि स्वयं कमल बिरही थापा नै रहेका छन्।