१. निर्माण कार्य, मालसामान वा परामर्श वा अन्य सेवा खरिद गर्ने विधिहरु के हुन्?(५)
निर्माण कार्य, मालसामान वा परामर्श वा अन्य सेवा खरिद गर्ने विधिहरू देहाय बमोजिम अवलम्वन गर्न सकिन्छ।
क. मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्नु पर्दाः
(१) अन्तर्राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आह्वान गरी,
(२) राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आह्वान गरी,
(३) सिलबन्दी दरभाउपत्र आह्वान गरी,
(४) सोझै खरिद गरी,
(५) उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई,
(६) अमानतबाट (रु. एक लाखसम्मको निर्माण कार्य)
(७) एकमुष्ठ दर विधिबाट,
(८) उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ खरिद गर्ने विधिबाट),
(९) सीमित बोलपत्रदाताले भाग लिने (लिमिटेड टेण्डरिङ खरिद विधिबाट),
(१०) नयाँ लिने पुरानो दिन (बाई ब्याक मेथड खरिद विधिबाट।
ख. परामर्श सेवा खरिद गर्नु पर्दाः
(१) प्रतिस्पर्धात्मक प्रस्ताव माग गरी,
(२) सोझै वार्ताबाट।
२. निम्न विषयको छोटो नोट लेख्नुहोस्। २.५+२.५=५
(क) टिप्पणी ख. अनुक्रमाणिका (Indexing)
(क) टिप्पणी
आफ्नो राय सहित निर्णय गर्ने अधिकार प्राप्त अधिकारी समक्ष पेस गर्नका लागि माथिल्लो तहमा पेस गरिने दस्ताबेज
– कार्यालयमा विभिन्न कार्यहरू सम्पादनका सिलसिलामा प्रचलित कानूनका आधारमा आफ्नो राय सहित निर्णय गर्ने अधिकार प्राप्त अधिकारी समक्ष पेस गर्नका लागि माथिल्लो तहमा पेस गरिने दस्ताबेज टिप्पणी हो।
– नेपाली शब्दकोशका अनुसार प्राप्त कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहर सहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने संक्षिप्त लेख टिप्पणी हो।
– एउटा संगठनभित्र कुनै एक पदाधिकारीबाट आफ्नो सुपरिवेक्षकसमक्ष कुनै पनि निर्णय गर्नुपर्ने नीतिगत तथा प्रशासकीय विषयको पत्र माथि कस्तो निर्णय लिन उपयुक्त हुन्छ आफ्नो राय÷धारणा उल्लेख गर्ने कार्यलाई टिप्पणी लेखन भनिन्छ।
– यसरी राय/धारणा प्रस्तुत गर्दा विभिन्न विकल्पहरू प्रस्तुत गर्दै ती विकल्पहरू मध्ये उपयुक्त विकल्प उल्लेख गरी आफू भन्दा माथिल्लो अधिकारी कहाँ पेस गरिन्छ।
– टिप्पणी निर्णयको लागि आधार हो।
-नेपालमा तल्लो तहदेखि राय लिई टिप्पणी उठाउने र माथिल्लो तहमा निर्णय हुने हुँदा यसलाई सहभागितामूलक निर्णयको औजारको रूपमा लिन सकिन्छ।
– सुरक्षा निकायमा जाहेरी वा सञ्चारको रूपमा प्रयोग गरिन्छ।
– कुनै पनि निर्णय गर्नु पर्ने विषयमा राखिएको धारणा÷राय हो।
– नेपालको प्रशासनिक निकायमा प्रायः सर्वव्याप्त छ।
टिप्पणीमा हुनुपर्ने गुणहरूः
– सरलता
– शिष्टता
– स्पष्टता
– आकर्षकता
– शुद्धता
– वैधता
– सान्दर्भिकता
– मौलिकता
– प्रभावकारिता।
ख. अनुक्रमाणिका (Indexing)
– फाइलिङ प्रणालिमा थप प्रभाबकारिता कायम गर्न तथा फाइलहरूको सहज पहुचको लागि फाइलहरूलाइ साङ्गेतिकरण गर्नु लाइ अनुक्रमणिका भनिन्छ।
– सस्थामा बिभिन्न माध्यमबाट प्राप्त भएका, कामकारवाहिको सिलसिलामा सिर्जना भएका विभिन्न कागजपत्र, चिठिपत्रहरू ब्यबस्थित गर्ने प्रणालि फाइलिङ हो। अनुक्रमणिकाले फाइलिङ प्रणालिलाइ थप मितब्ययी, गुणस्तरिय एवम बैज्ञानिक बनाउन मदत गर्दछ।
– यसरि कम समय र प्रयासमा कुन फाइल कहाँ छ भनि पत्ता लगाउने ध्येयका साथ तयार पारिने सुचि वा सङ्गेतलाइ अनुक्रमणिका भनिन्छ।
अनुक्रमाणिकाको महत्वः
– फाइलिङ ब्यबस्थालाइ सरलीकरण गर्न,
– काम कारबाहिको लागि समयको उचित ब्यबस्थापन गर्न,
– कर्मचारिको कार्यदक्षता अभिबृदि गर्न,
– सस्थाको ख्याति बिस्तार गर्न,
– फाइलिङ ब्यबस्थामा प्रभाबकारिता अभिबृदि गर्न,
– सस्थाको आन्तरिक ब्यबस्थालाइ गोप्यता कायम गर्न,
– सेवाप्रवाह स्थलको आकर्षकता थप गर्न,
आदर्श अनुक्रमणिकाका गुणहरूः
सरलता, सुरक्षित,मितवययिता,लचिलोपन,कम स्थान ओगट्ने,उपयुक्तता, गोप्यता।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100