चाडपर्वमा घरमा चोरी हुनसक्छ, सावधान रहनुहोला - Chaitanya News
  • 2026-11-19
  • 09:21:11
  • बिहिबार,मंसिर ०४, २०८३
  • चाडपर्वमा घरमा चोरी हुनसक्छ, सावधान रहनुहोला

    चाडपर्वमा घरमा चोरी हुनसक्छ, सावधान रहनुहोला

     

    हामी नेपालीहरुको महान् चाड दशैं सुरु भइसकेको छ । दशैं सँगसँगै सबैतिर उत्साह उमंग छाएको छ । उपत्यका पनि अरु बेला भन्दा केही सुनसान भइसकेको छ । दशैं मान्नको लागि उपत्यका छाड्नेहरुको क्रम बढ्दो छ । दैनिक हजारौंको संख्याले उपत्यका छोडर गइरहेको छन् । दशै संगसंगै विभिन्न बेतिथिहरु पनि निम्तिएका छन् ।

    आफ्नो विभिन्न आवश्यकताहरुको परिपूर्ति गर्न बाहिरी जिल्लाका लाखौँ मानिसहरु उपत्यका बस्छन् । कोही रोजगारीको लागि उपत्यका भित्रिएका हुन्छन् त कोही आफ्नो पठनपाठनलाई निरन्तरता दिन आएका हुन्छन् । व्यापार व्यवसाय गर्न आफ्नो घर छोडेर उपत्यका आउने पनि त्यत्तिकै छन् ।

    दशैं लागेसंगै सबै आफ्नो डेरा, सटर, अफिस बन्द गरेर आफ्नो जन्मथलो तिर लाग्छन् । घरजाने उमंग संगसंगै उनीहरुले आफ्नो घरको सुरक्षा विर्सन्छन् । चाडबाड ओइरिएसंगै लुटेरा, पाकेटमार र चोरहरुको पनि ओइरो लाग्छ । घरघरमा चोरीको घटनाहरु घट्छ्, बजारमा पाकेटमारको प्रकोप पनि त्यत्तिकै बढ्छ ।

    हामी घर जान्छौँ तर आफ्नो डेराको सुरक्षामा ध्यान दिँदैनौँ । झन् चाडबाडको बेलामा दिउँसै चोर पसेको पनि थाहा हुँदैन । सबै आ–आफ्नो काममा व्यस्त हुन्छन् । कतिले कोठामा ताला ठोकेर जान्छन् तर घरधनीलाई समेत जानकारी गराएका हुँदैनन् । यस्तोमा चोरहरु सजिलै घरभित्र पस्न सक्छन् ।

    थोरै हतारले गर्दाखेरी कसैले कोठामा तालासमेत लगाउन बिर्सिन्छन् । जसको कारण चोरी हुन सक्छ र दशैं मान्न गएकाहरुको चाडबाडको अनुभव नै खल्लो हुने गर्दछ । यसमा महानगरपालिकाले पनि ध्यान पुर्याउनुपर्दछ । महानगरपालिकाले जनताहरुको सुरक्षाको लागि सक्दो प्रहरी खटाउनुपर्दछ ।

    घरधनीले पनि कोठा बस्नेहरुको सामानको सुरक्षा गर्नुपर्छ । घरधनीले आफ्नो घर भाडामा लाइसकेपछि कोठा बस्ने कहाँ गए । कहिलेसम्म फर्किन्छन् भनेर सम्पूर्ण कुराहरु सोधपर्छ गर्नुपर्छ । अझ चाडबाडको बेलामा त घरधनीहरु आफ्नो सँगै कोठा बस्नेहरुको समेत सुरक्षाको ख्याल गर्नुपर्दछ ।

    महानगरिय प्रहरी परिसरले अन्य प्रहरी वृत्तसंग समन्वय गरि चाडपर्व लक्षित उपत्यका चोरी नियन्त्रण सुरक्षा योजना सञ्चालन गरेकको छ ।

    प्रहरीले चाडपर्व नजिकिदै गर्दा रातको समयमा मात्र हैन दिउँसोको समयमा समेत चोरीका घटनाहरुमा अत्याधिक वृद्धि भएको उल्लेख गर्दै आम नागरिकलाई सतर्कता अपनाउन सुझाब दिएको छ । धेरै गरगहना नलगाउने, लगाएपनि होसियारी अपनाउने, नगद बोकेको बेलामा होसियारी अपनाउने, बैक तथा वित्तिय संस्थाबाट रकम झिक्दा पनि सुरक्षित तरिकाले राखेर मात्र निस्कने तथा चोरी लुटपाट भैहालेमा तत्काल प्रहरिलाई खवर गर्न पनि आग्रह गरिएको छ ।

    प्रहरीका अनुसार सार्वजनीय यातायात र भिडभाडमा पकेटमारिको घटना धेरै भएको छ भने दिउसोको समयमा बन्द रहेको घरहरुमा कोहि नभएको मौका छोपि ताल्चा फोडेर चोरी हुने गरेको पाइएको छ । रातको समयमा विशेष गरि सहकारी तथा वित्तिय संस्थाहरुमा चोरी हुने गरेको पाइएको छ । सार्वजनीक यातायातमा यात्रा गर्दा तथा भिडभाडमा यात्रा गर्दा विशेष सजकता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ । चोरीका घटना वृद्धि भएपछि त्यस्ता घटना न्यूनिकरणका लागि प्रहरी परिसरले सुरक्षा योजनालाई कडाई गरेको छ ।