चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 10 of 1102
  • 2026-10-05
  • 21:48:42
  • सोमबार,आश्विन १९, २०८३

About Author

आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– आज (बुधबार) अपराह्न १ बजे संघीय संसद्, प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गर्ने छन्। त्यसै गरी, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

News by आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ? :