चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 803 of 1153
  • 2026-11-22
  • 20:25:36
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रवीन्द्र मिश्र पक्षीय केन्द्रीय सदस्य देवकोटाको राजीनामा घोषणा

काठमाडौं- राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटा (जुम्ला) ले राजीनामा दिएका छन्। व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्ने भएकाले आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको देवकोटाले बताए। आगामी दिनमा स्वतन्त्र हैसियतमा बस्ने र अन्य कुनै पार्टीमा प्रवेश गर्ने योजना नरहेको उनले बताए। उनले आइतबार नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन्। तत्कालीन रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाको तर्फबाट उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए। गत वर्षको असोज ३१ गते उनी मिश्र पक्षको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय सदस्यमा मनोनयन भएका थिए।

News by रवीन्द्र मिश्र पक्षीय केन्द्रीय सदस्य देवकोटाको राजीनामा घोषणा :