चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 620 of 1153
  • 2026-11-23
  • 01:03:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तिहारपछि विमान किन्न टेन्डर आह्वान हुने

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ठूला–साना गरी थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने जानकारी दिएका हुन् । नेपाल वायुसेवा निगमसँग भएका तीन र नयाँ तीन विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने उनले बताए । भूकम्पलगायत अरू घटनाले नेपालमा थप राष्ट्रिय विमानको आवश्यकता पुष्टि भएको उनको भनाइ छ । मन्त्री किरातीले पर्यटक भित्र्याउन विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए ल्याउने अनेक उपाय रहेको उल्लेख गरे ।

News by तिहारपछि विमान किन्न टेन्डर आह्वान हुने :