फेसबुकको नाम फेरे मस्कले जुकरर्वगलाई एक अर्ब डलर दिने - Chaitanya News
  • 2026-11-21
  • 21:21:15
  • शनिबार,मंसिर ०६, २०८३
  • फेसबुकको नाम फेरे मस्कले जुकरर्वगलाई एक अर्ब डलर दिने

    फेसबुकको नाम फेरे मस्कले जुकरर्वगलाई एक अर्ब डलर दिने

    विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क र सातौँ धनाढ्य मार्क जुकरबर्गबीचको घोचपेच अझै रोकिएको छैन ।

    केही समयअघि सामाजिक सञ्जाल एक्स, टेस्ला, स्पेस एक्स, न्युरा लिंकजस्ता कम्पनीका मालिक मस्कले प्रविधि कम्पनी मेटाका संस्थापक जुकरबर्गलाई मिक्स मार्सल आर्ट्समा रिङमा भिडन्त गरौँ भन्दै प्रस्ताव गरेका थिए ।

    जुकरबर्गले कुनै पनि स्थानमा कुनै पनि समय मस्कसँग लड्न आफू तयार भएको बताएका थिए । यतिबेला फेरि मस्कले जुकरबर्गलाई अर्को विषयमा प्रहार गरेका छन् । मस्कले जुकरबर्गलाई चर्चित सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गर्न सुझाव दिएका छन् ।

    फेसबुकको नाम ‘फेसबुब’ राखेमा आफूले जुकरबर्गलाई एक अर्ब अमेरिकी डलर दिने पनि प्रस्ताव गरेका छन् ।जुकरबर्गले भने मस्कको पछिल्लो भनाइको कुनै प्रतिक्रिया जनाएका छैनन् ।