सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने - Chaitanya News
  • 2026-06-07
  • 10:26:07
  • आइतबार,जेठ २४, २०८३
  • सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने

    सरकारले गौतम बुद्धसहित ३ क्रिकेट रंगशालालाई गौरवको आयोजनाको रूपमा अघि बढाउने

    काठमाडौं । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय भएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।