चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 529 of 1153
  • 2026-11-22
  • 18:32:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सेयर बजार ४ महिनाकै उच्च

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ। यो अंक २८ फागुनयताकै उच्च हो। सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो। आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो। १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो। बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ। नेप्से ०.९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो। विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे। व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटे। माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो। माण्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोपावरको ६.५२, सानिमा बैंकको ४.८० प्रतिशत मूल्य बढ्यो। यस्तै प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे। ती सबै बैंकको मूल्य ३.४५ प्रतिशतभन्दा धेरै बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो। राप्ती हाइड्रोको ६.४, सिन्धु विकास बैंकको ४.३ तथा पन्चकन्या माइको ४.३ प्रतिशत घट्यो। आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स छन्। बजारको पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुगेको छ।  

News by सेयर बजार ४ महिनाकै उच्च :