लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 22:38:47
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. मेसोपोटामिया सभ्यता नदि किनारको सभ्यता हो ।
    २. सिन्धुघाँटिको सभ्यताको मुख्य पेशा कृषि हो ।
    ३. युनानी सभ्यताको मुख्य पेशा व्यापार हो ।
    ४. नाटकको जन्म सिन्धुघाँटिको सभ्यतामा भएको थियो ।
    A. सबै सहि B. १,२ सहि C. १,२ र ३ सहि D. ३,४ सहि

    2. तल दिईएका मध्ये कुन मरुभूमी क्षेत्रफलका आधारमा ठुलो छ ?
    A. अष्ट्रेलियन B. अरेवियन C. गोवि D. कालाहरी

    3. राणा कालका सन्दर्भमा तल दिइएका मध्ये कुन जोडा गलत छ ?
    A. खड्ग निशाना अड्डा – प्रधानमन्त्रीको कार्यालय B. कँडेल चोक -गरगहनाको व्यवस्था
    C. तेजारथ – कर्मचारीलाइ रकम सापटी दिने D. दौडाहा प्रथा -भीमशमशेर

    4. तलका मध्ये स्केन्डेनोभियन क्षेत्रमा नपर्ने देश कुन हो ?
    A. स्विडेन B. फिनल्याण्ड C. डेनमार्क D. जर्मन

    5. प्रथम राजाका आधारमा कुन जोडा गलत छ ?
    A. पाल्पा – रुद्रसेन B. तनहुँ – भुंगिसेन
    C. लमजुङ – यशोव्रह्म शाह D. मकवानपुर – दिगवन्धन सेन

    6. पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक को हुन् ?
    A. विलियम रोउन्टजेन B. कार्ल लेड स्टीनर C) लुई पाश्चर D) जीन साल्क

    7. नेपाल अधिराज्यको संविधान,२०४७ कहिले खारेज भयो ?
    A. २०६३ बैशाख ११ B. २०६३ पौष १ C. २०६३ माघ १ D. २०६५ जेठ १५

    8. पृथ्वीलाई दुई भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्यभागमा पुर्व पश्चिम दिशामा खिचिएका काल्पनिक रेखालाई के भनिन्छ ?
    A. प्रधानमध्यान्ह रेखा B. भुमध्य रेखा C. अक्षांश रेखा D. देशान्तर रेखा

    9. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. लिच्छवीकालिनमा समयमा केन्द्रमा बस्ने जनतालाई पौर भनिन्थ्यो ।
    २. पशुपतिनाथ मन्दिरमा सुनको छाना चढाउने राजा शिवदेव हुन ।
    ३. मानदेवले प्रचलनमा ल्याएको मुद्राको नाम मानाङ्क हो ।
    A. सबै सहि B. १,२ सहि C. २,३ सहि D. सबै गलत

    10. संविधान बमोजिम बाधा अड्काउ फुकाउने अधिकार सम्बन्धि व्यवस्था कुन धारामा उल्लेख रहेको छ ?
    A. धारा ३०१ B. धारा ३०२ C. धारा ३०३ D. धारा ३०५

    11. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समहु I समहु II
    a. Father of Blood Group 1. कार्ल ल्याण्डस्टिनर
    b. Father of Experiment 2. आर्किमिडिज
    c. Prince of Experiment 3. माईकल फराडे
    d. Father of Science 4. अल्वर्ट आईस्टाईन
    A) a1,b2,c3,d4 B) a2,b1,c4,d3 C) a4,b3,c2,d4 D) a3,b2,c1,d4

    12. तलका मध्ये कुन वनस्पति समशितोष्ण सदाबहार कोणधारी जंगलमा पाईन्छ ?
    A. तालिस पत्रको वन B. सालको बन C. उत्तिसको वन D. लेक पिपलको वन

    13. कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी र सानो सहायक नदी कुन हो ?
    A. तमोर र अरुण B. अरुण र लिखु C. दुधकोशी र तामाकोशी D. सुनकोशी र लिखु

    14. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    वस्तु तत्व
    a. जुनकिरीको पुच्छरमा 1. टेनिन
    b. सिस्नोको पातमा 2. थियोक्रोमिन
    c. कोकाकोला 3. मिथानोईक
    d. चिया 4. लुसिफेरिन
    A) a4,b3,c2,d1 B) a2,b4,c3,d1 C) a3,b4,c2,d1 D) a2,b3,c4,d1

    15. तलका कथन विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. अक्षांश रेखाले दुरी निर्धारण गर्दछ ।
    २. देशान्तर रेखाले समय निर्धारण गर्दछ ।
    ३. अक्षांश रेखा १८० र देशान्तर रेखा ३६० वटा हुनेछन् ।
    ४. अक्षांश रेखा अर्ध वृत्ताकार र देशान्तर रेखा पुर्ण वृत्ताकार हुन्छन ।
    A. सबै सहि B. १,२ सहि C. ३,४ सहि D. १,२ र ३ सहि

    16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. संयुक्त राष्ट्रसंघले अफिसियल रुपमा मान्यता प्राप्त गरेको पछिल्लो भाषा स्पेनिस हो ।
    २. ख्भतय प्रयोग गर्ने अधिकार सुरक्षा परिषद्को स्थायी सदस्यहरुलाई मात्र रहेको छ ।
    ३. बेलायत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो ।
    A. १,२ सहि ३ गलत B. सबै सहि C. २,३ सहि १ गलत D. सबै गलत

    17.ASEAN को त्रिमुर्तिमा नपर्ने राष्ट्र तलका मध्ये कुन हो ?
    A. थाइल्याण्ड B. फिलपिन्स C. मलेसिया D. इन्डोनेसिया

    18. संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) मा कति जना सदस्य रहने व्यवस्था छ ?
    A. ५२ जना B. ५३ जना C. ५४ जना D. ५५ जना

    19. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    खोज खोजकर्ता
    a. दक्षिणी धु्रव 1. क्रिष्टोफर कोलम्बस
    b. अमेरीकी महादेश 2. एमण्डसेन
    c. भारत आउने बाटो 3. मेगलन
    d. प्रशान्त महासागर 4. भस्को डि गामा
    A) a1,b2,c3,d4 B) a3,b4,c1,d2 C) a2,b1,c4,d3 D) a3,b1,c4,d2

    20. भौतिक परिमाण र एकाई वीच जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह I समुह II
    a. घनत्व 1. एम्पियर
    b. आवृत्ति 2. डायप्टर
    c. लेन्सको शक्ति 3. Kg/m3
    d. विद्युत धारा 4. हर्ज
    A) a4,b3,c2,d1 B) a3,b4,c1,d2 C) a3,b4,c2,d1 D) a3,b2,c4,d1

    उत्तरः
    1. C   11. A
    2. A   12. A
    3. D   13. B
    4. D   14. A
    5. D   15. D
    6. D   16. C
    7. C    17. B
    8. B   18. C
    9. A    19. C
    10.D  20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100