चैतन्य पाठशालाको आव्हान: कक्षा ११ का लागि २५ जनालाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षा असार २५ गते - Chaitanya News
  • 2026-05-01
  • 02:44:33
  • बिहिबार,बैशाख १७, २०८३
  • चैतन्य पाठशालाको आव्हान: कक्षा ११ का लागि २५ जनालाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षा असार २५ गते

    चैतन्य पाठशालाको आव्हान: कक्षा ११ का लागि २५ जनालाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षा असार २५ गते

     

    धनगढी– सुदूरपश्चिमको अनुकरणिय शिक्षालयका रूपमा परिचित शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल भाव वोकेको चैतन्य पाठशालाले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा अध्ययन गर्न चाहने मेधावी तथा आर्थिकरूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गर्दै २५ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गरेको छ।

     

    “शिक्षामा गुणस्तर र पहुँचको सन्तुलन आवश्यक रहेको हुँदा आर्थिक अवस्थाले सीमित बनाइएका तर प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर दिनु चैतन्यको सामाजिक उत्तरदायित्व रहेको चैतन्य पाठशालाका सद्भावना दूत भरत विक्रम शाहले बताउनु भयो ।

     

    यस उद्देश्यले चैतन्य पाठशालाले कक्षा ११ को भर्ना प्रक्रिया अन्तर्गत पूर्ण छात्रवृत्तिका लागि प्रवेश परीक्षा असार २५ गते विद्यालय परिसरमा सञ्चालन गर्ने जनाएको छ।

     

    चैतन्य पाठशाला सामाजिक उत्तरदायित्व बोकेको शैक्षिक संस्था रहेको र यसले हरेक शैक्षिक सत्रमा यस्ता बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताउनु भयो । उहाँले भन्नुभयो विद्यालयका शिक्षक संयोजकका अनुसार, “हामी विद्यार्थीलाई केवल परीक्षा पास गराउने उद्देश्य राख्दैनौँ, उनीहरूलाई जीवनका हरेक मोडमा सक्षम बनाउने शिक्षाको अभ्यास गर्छौं।”

     

    विद्यालयका प्राचार्य प्रेमनिधी ओझाका अनुसार “हामीले विगतका वर्षहरूमा पनि छात्रवृत्तिका माध्यमबाट थुप्रै विद्यार्थीहरूलाई उच्च शिक्षाको ढोका खोलिदिएका छौँ। यो कार्यक्रम हामीले अझ प्रभावकारी बनाउँदै लगेका छौँ।” यस्तो छात्रवृत्तिले विद्यार्थीको मनोबलमा समेत सकारात्मक प्रभाव पर्नै छ।

    छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक विद्यार्थीहरूले विद्यालयको छात्रवृत्ति आवेदन फारम असार २४ गते साँझ ५ बजेभित्र विद्यालयको कार्यालयबाट लिन र बुझाइसक्नुपर्नेछ।

     

    चैतन्य पाठशालाले विगतदेखि नै शिक्षा र संस्कारलाई सन्तुलन गर्दै आएको छ। विद्यालयमा अनुभवी शिक्षक, आधुनिक प्रविधिसहितको पठन–पाठन प्रक्रिया, विषयगत प्रयोगशाला कक्षा, पुस्तकालय, मनो परामर्श कक्षा, र विद्यार्थीका लागि बहु आयामिक व्यक्तित्व विकासका कार्यक्रमहरूको सञ्चालन हुँदै आएका छन।

     

    छात्रवृत्तिका लागि आवेदन फारम चैतन्य पाठशालाको प्रशासन शाखाबाट वितरण गरिरहेको छ ।