चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 328 of 1152
  • 2026-11-22
  • 01:44:39
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रतिनिधि सभाबाट तीन अध्यादेश सर्वसम्म स्वीकृत

काठमाडौँ– प्रतिनिधि सभाको आज (सोमबार) को बैठकबाट तीन अध्यादेश स्वीकृत भएको छ। ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो। बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए। त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको ब्यहोरा जानकारी गराएका थिए। बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही चैत २४ गते मंगलबार अपराह्न १ः०० बजे बस्नेछ।

News by प्रतिनिधि सभाबाट तीन अध्यादेश सर्वसम्म स्वीकृत :