चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1135 of 1166
  • 2026-11-29
  • 13:32:58
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं–६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन। नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुन। विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य हुन। कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसङ्घको स्कुल सचिव भएका उहाँ २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए। उनले समय साप्ताहिकमार्फत पत्रकारिता पेश सुरु गरेका थिए। नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चार माध्यमहरुमा १५ वर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार विज्ञमा नियुक्त गरिएको थियो।

News by प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं–६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस :