चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 55 of 1152
  • 2026-11-22
  • 10:14:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ– राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको विधेयक सर्वसम्मत पारित गरेको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गरी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। प्रस्तावमाथिको छलफलपछि राष्ट्रिय सभाले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै लामो समयदेखि संसदीय प्रक्रियामा रहेको विधेयकमा दुवै सदनबीच एकरूपता कायम भएको छ।

News by राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभाबाट पारित :