चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 668 of 1152
  • 2026-11-22
  • 12:15:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मुलुकको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकका माग सम्बोधन हुनुपर्छ : नेता शाही

काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुकको दक्ष जनशक्ति उत्पादन गर्न सदा क्रियाशिल रहने शिक्षकहरूका माग सम्बोधन गर्न सरकार क्रियाशील हुनुपर्ने बताएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका शाहीले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै शिक्षकले प्रदान गर्ने ज्ञानको ज्योतिले नै मुलुकमा विभिन्न क्षेत्रमा दक्ष जनशक्ति निर्माण हुने भएकाले सधै शिक्षकको मनोबल उच्च राख्नुपर्ने धारणा राखे। आज कांग्रेस संसदीय दलको बैठकमा पनि प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएकाले पार्टीको स्पष्ट धारणा आउनु पर्ने बताए। सत्ता साझेदार सबै भन्दा ठूलो दल कांग्रेस भएकाले मुलुकका सबैका सरोकारका विषय चाडो सम्बोधनका लागि सरकारलाई सुझाव र दवाव दिनुपर्ने शाहीले बताए।