रिस नियन्त्रण गर्न कत्तिको आवश्यक छ ? कसरी नियन्त्रण गर्ने ? - Chaitanya News
  • 2026-05-03
  • 20:41:11
  • आइतबार,बैशाख २०, २०८३
  • रिस नियन्त्रण गर्न कत्तिको आवश्यक छ ? कसरी नियन्त्रण गर्ने ?

    रिस नियन्त्रण गर्न कत्तिको आवश्यक छ ? कसरी नियन्त्रण गर्ने ?

    रिस मानिसको स्वाभाविक प्रक्रिया हो, तर यसलाई व्यवस्थापन गर्न नसक्दा ठूलो झमेलामा फस्ने डर हुन्छ । हामीले आफ्नो रिस नियन्त्रण गर्नु आवश्यक हुन्छ । रिसको झोंकमा गरिने हरेक कामले हामीलाई झनै धेरै समस्या निम्त्याउँछ । त्यसैले सकेसम्म रिस नियन्त्रण गर्नु राम्रो ।

    कसरी गर्ने रिस नियन्त्रण ?

    समाधान खोज्नुहोस्

    रिस यत्तिकै उठ्दैन, त्यसको केही न केही कारण हुन्छ । त्यसैले जतिसक्यो, त्यति छिटो समाधान खोज्नु वेश हुन्छ ।

    जवाफको अभ्यास

    रिस उठ्दा जवाफ दिनुहोस् तर अरूको सामुन्ने होइन । जे जवाफ लगाउँछु भन्ने सोच्नुभएको छ, त्यसको अभ्यास गर्नुहोस् ।

    दैनिक तालिका परिवर्तन

    तपाईंको दैनिक तालिकालाई परिर्वतन गर्नुहोस् ।

    साथीसँग गफ गर्नुहोस्

    रिस उठेको बेला जोसँग रिस उठेको छ, ऊ सँग नबस्नुहोस् । बरू साथीसँग गफ गर्नुहोस्, यसो गर्दा रिस केही हदसम्म भए पनि शान्त हुन्छ ।

    समय लिनुहोस्

    कहिलेकाहीँ रिसको झोंकमा जवाफ दिइहालिन्छ । पछि लाग्छ, त्यसरी नभनेको भए पनि खासै फरक पर्दैनथ्यो । त्यसैले जतिसुकै रिस उठे पनि जवाफ दिन हतार नगर्नुहोस् ।

    समय लिनुहोस्

    क्षमा गरेको कल्पना गर्नुहोस् । जसले रिस उठाउँछ, उसलाई क्षमा दिनुहोस् ।

    समानुभूति गर्न अभ्यास गर्नुहोस्

    तपाईं जोसँग रिसाइरहनुभएको छ, उसको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो होला ? कहिलेकाहीँ हामी आफ्नो कोणबाट मात्र हेरेर रिसाइरहेका हुन्छौं ।

    रिसलाई सिर्जनामा बदल्नुहोस्

    रिसलाई कुनै सिर्जनशील काममा पनि पोख्न सकिन्छ । चित्र कोर्ने, कविता लेख्ने वा बगैंचा स्याहार्ने काम नै गर्दा रिस त शान्त हुन्छ नै सिर्जनशीलता पनि बढ्छ ।

    व्यायाम गर्नुहोस्

    शारीरिक व्यायामले तपाईंका मस्तिष्कका नसाहरू शान्त बनाइदिन्छन् र रिस घटाइदिन्छ। त्यसैले रिस उठे हिँडडुल गर्नुहोस्, बाइक लिएर कतै निस्कनुहोस् नभए फुटबल खेल्नुहोस् ।

    मन्त्र जप्नुहोस्
    आफ्नो निम्ति कुनै एउटा शब्द वा वाक्यलाई मन्त्र बनाउनुहोस् । जतिबेला रिस उठ्छ त्यो मन्त्र बारम्बार दोहो¥याइरहनुहोस् ।

    संगीत सुन्नुहोस्

    रिस शान्त गराउन संगीतले निकै सहयोग गर्न सक्छ। रिस उठेको बेलामा कानमा इयरफोन कोच्नुहोस् र मस्त गीत सुन्नुहोस्। गीतमा झुम्नुहोसु, रम्नुहोस् ।