चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 467 of 1152
  • 2026-11-22
  • 11:05:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

 ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ’ : सभामुख घिमिरे

काठमाडौँ–  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन्। संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन्। आज (मंगलबार) झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद् भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्‍याउने काम गरिएको पनि दोहोर्‍याएका छन्। सभामुख घिमिरेले संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबी समेत गरे। सभामुख घिमिरेले भने,‘भदौ २७ गते राति करिब ११ बजेको आसपासमा संसद् जबरजस्त भंग गरिएको छ। संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ। तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो। भोलि संसद् पुनर्स्थापनाको पनि सम्भावना छ।’ सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारेका छन्।

News by  ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ’ : सभामुख घिमिरे :