नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ - Chaitanya News
  • 2026-06-22
  • 14:06:09
  • सोमबार,आषाढ ०८, २०८३
  • नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

    नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ज्येष्ठ सदस्य एनके प्रसाईँबाट केन्द्रीय सदस्यहरूलाई शपथ लिएका हुन्।

    नेकपाले २ हजार ४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ। काठमाडौंमा उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट शपथ गराइएको थियो।

    नेकपाले १ हजार शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र दिने व्यवस्था गरेको छ।