‘पार्टी फुटाउने अभियानमा सामेल हुँदिन’: चन्द्र भण्डारी - Chaitanya News
  • 2026-04-27
  • 16:02:30
  • सोमबार,बैशाख १४, २०८३
  • ‘पार्टी फुटाउने अभियानमा सामेल हुँदिन’: चन्द्र भण्डारी

    ‘पार्टी फुटाउने अभियानमा सामेल हुँदिन’: चन्द्र भण्डारी

    काठमाडौँ– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन्।

    आज (मंगलबार) पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै विभाजनको पक्षमा आफू नरहेको बताएका हुन्।

    आजको केन्द्रीय समिति बैठक काँग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन्।

    भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधनसमेत गरेका नेता हुन्।