चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 456 of 1152
  • 2026-11-22
  • 10:13:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

काठमाडौँका काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता सुरु

काठमाडौँ– जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराइरहेका छन्। जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार सबै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। उनले प्रशासनलाई जानकारी दिँदै मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

News by काठमाडौँका काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता सुरु :