चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1067 of 1107
  • 2026-10-08
  • 05:03:14
  • बुधबार,आश्विन २१, २०८३

About Author

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह

काठमाडौं– अर्थ मन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्सायित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्। एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताए। उनले भने ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको छ।’ उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि बताए। उनले नेपालले जलवायु परिबर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया , हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे। उनले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै ब्रिद्दि गर्न पनि अनुरोध गरे। कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यबाद दिए। एसियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने बताए। अर्थ मन्त्रि शर्माले दिएको मार्ग दर्शन अनुशार आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।  

News by सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकलाई अर्थमन्त्री जनार्दन शर्माको आग्रह :