चितवन–३ बाट दायाँबायाँ गर्दिन, चुनाव जित्नेमा पूरा कन्फिडेन्टमा छु : प्रचण्ड - Chaitanya News
  • 2026-06-03
  • 09:26:24
  • बुधबार,जेठ २०, २०८३
  • चितवन–३ बाट दायाँबायाँ गर्दिन, चुनाव जित्नेमा पूरा कन्फिडेन्टमा छु : प्रचण्ड

    चितवन–३ बाट दायाँबायाँ गर्दिन, चुनाव जित्नेमा पूरा कन्फिडेन्टमा छु : प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट दायाँबायाँ नगर्ने प्रष्ट पारेका छन्। चुनाव जित्नेमा पूरा कन्फिडेन्स रहेको उनले बताए।

    पोखरामा आज सञ्चारकमीसँगको अन्तरक्रियामा बोल्दै प्रचण्ड चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन्। सञ्चारकर्मीले उनलाई चुनाव क्षेत्र परिवर्तनको सम्भावनाबारे सोधेका थिए।

    प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ। सबैलाई धन्यवाद नै भन्न चाहन्छु। तर म अहिले चितवनबाटै लड्छु । मेरो दिमागमा दायाँबायाँ अर्को छैन।’

    उनले चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे । प्रचण्डले थपे, ‘गठवन्धन पनि छँदै छ। गठवन्धनमा कुनै विमति छैन। त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन। म यहाँ जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु।’

    उनले विगतमा आफूले विभिन्न जिल्लामा चुनाव लडेर प्रचण्ड देशभरीका जनताको हो भन्ने सिद्द गर्न खोजेको बताए । अहिेल चितवन छाड्दा डराएर हिँडेको जस्तो हुने उनको भनाइ छ।

    ‘म त्यसो गर्न चाहन्न, किनकी मैले जित्छु,’ उनले भने।