पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको टुंगो शीर्ष नेताहरूबाटै लगाइने - Chaitanya News
  • 2026-04-19
  • 04:21:13
  • शनिबार,बैशाख ०५, २०८३
  • पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको टुंगो शीर्ष नेताहरूबाटै लगाइने

    पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको टुंगो शीर्ष नेताहरूबाटै लगाइने

    काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

    आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निस्कर्ष निकाल्ने जनाइएको छ। बिहीवार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरु बीचमा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो।

    सत्ता गठबन्धनको आजको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनमाथि सहमति खोज्न शीर्ष नेताहरूले छलफल गर्नेछन्। गत साउन २० मा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताले सिट बाँडफाँट कार्यदल गठन गरेका थिए।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटबारे क्षेत्रगत रूपमा मसिनो गरी छलफल गरे पनि कुन दलले कति सिट लिने भन्ने सहमति गर्न सकेको थिएन। आफूले दाबी गरेकाभन्दा केही सिट घट्न गठबन्धनका सबै दल तयार भए पनि सिट संख्यामा सहमति हुन सकेको छैन।