चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1164
  • 2026-11-27
  • 12:28:02
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

मोदी र बालेनबीच हैदराबाद हाउसमा द्विपक्षीय वार्ता

काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भेटवार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै दुई देशबीच समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको सोमबारको कार्यतालिका विभिन्न उच्चस्तरीय भेटवार्ता र कूटनीतिक कार्यक्रमले भरिएको छ। सोमबार बिहान उनलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए। यसैगरी, दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपतिसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भारत भ्रमणका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ। आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।

News by मोदी र बालेनबीच हैदराबाद हाउसमा द्विपक्षीय वार्ता :