चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 853 of 1160
  • 2026-11-26
  • 02:50:04
  • बुधबार,मंसिर १०, २०८३

About Author

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं -  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । बुधबार बिहान पक्राउ परेका खाँणलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

News by पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति :