दानबीर बद्रीनाथ भण्डारीको ९८औं जन्म जयन्ती मनाइयो - Chaitanya News
  • 2026-05-24
  • 22:56:11
  • आइतबार,जेठ १०, २०८३
  • दानबीर बद्रीनाथ भण्डारीको ९८औं जन्म जयन्ती मनाइयो

    दानबीर बद्रीनाथ भण्डारीको ९८औं जन्म जयन्ती मनाइयो

    धनगढी- भाषा, साहित्य, कला र संस्कृतिप्रेमी वरिष्ठ समाजसेवी दानवीर स्वर्गीय बद्रीनाथ भण्डारीको ९८औं जन्म जयन्ती सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना एक समारोहबीच मनाइएको छ।

    सदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि भाषा आयोगका सदस्य डा. पुस्करराज भट्ट रहेका थिए। भट्टले स्व. बद्रीनाथ भण्डारीले सुदूरपश्चिमको भाषा, साहित्यको उन्नयनमा भण्डारीको ठूलो योगदान रहेको बताए।

    नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाका पूर्व सदस्य प्राज्ञ बासुदेव पाण्डेयले दानवीर स्व. बद्रीनाथ भण्डारीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारेका थिए। समारोहमा भाषा आयोगका सदस्य भट्ट र भण्डारीकी बुहारी चित्रा भण्डारी पाठकलाई सम्मान गरिएको थियो।

    स्व. भण्डारीका सुपुत्र राजेश भण्डारीले नम्र, मृदुभाषी र सहयोगी पिताको सम्मान भैरहँदा परिवारका सबै सदस्यको सम्मान भएझै महसुस भएको र पिताको सत्मार्गमा हिँड्न प्रेरित गरेको बताए। भण्डारीले समाजसेवाका क्षेत्रमा एक करोड भन्दा बढी दान गरेका छन्। कार्यक्रममा हरिकृष्ण कडायत, गणेश नेपालीलगायतले आफ्नो धारणा राखेका थिए।